काठमाडौँ/ ट्याक्सी तथा सार्वजनिक यातायातमा मनपरी भाडा असुलिएको यात्रुको गुनासो छ । सरकारले जोर विजोर सवारीसाधन चलेका बेला सार्वजनिक यातायातमा मनपरी चलाउने नियम लागू गरेर सार्वजनिक यातायातमा मनपरी भाडा असुलिएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलनमा भाग लिन आउने सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत अतिथिको आवागमनलाई सहज बनाउन जोर विजोर प्रणाली भदौ १३ गतेदेखि लागू भएको हो ।
विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई राज्यले दिएको सहुलियतको नियम पनि सार्वजनिक यातायातले पालना गरेका छैनन् । यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकाल नियमित अनुगमन भइरहेकाले बढी भाडा असुल्नेलाई कारवाही गरिने जनाए ।


















