शेखर गोल्छालाई जमानतमा छाड्न आदेश

3

काठमाडौँ । सर्वोच्च अदालतले केन्द्रीय अनुसन्धान ब्युरोको थुनामा रहेका व्यवसायी शेखर गोल्छालाई सर्वोच्च अदालतले धितोपत्र सम्बन्धी मुद्दामा धरौटी वा जमानतमा छाड्न आदेश दिए पनि उनी छुटेका छैनन् । यसको कारण हो सर्वोच्चले उनलाई वीमासम्बन्धी मुद्दामा भने केही बोलेको छैन ।

गोल्छामाथि दुई अलग अलग धतोपत्र र वीमा सम्बन्धी अलग अलग कसुरमा अनुसन्धान भैरहेको छ । त्यसमध्ये सोमबार सर्वोच्च अदालतले धितोपत्र सम्बन्धी मुद्दामा मात्रै रिहा गर्न भनेकोले गोल्छा नछुटेका हुन् । वीमासम्बन्धी मुद्दामा केही भनिएको छैन ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) का प्रवक्ता एसएसपी शिव श्रेष्ठले उनलाई विमासम्बन्धी मुद्दामा हिरासतमा राखिएको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here