काठमाडौं / नेपाल सरकार तथा प्रदेश नं. ५ सरकारद्वारा प्राप्त समपुरक बिशेष अनुदान कार्यक्रम अन्र्तगत आयोजना ब्यबस्थापन सम्बन्धी एक दिने अन्तरक्रिया गोष्ठी दङगिशरण गाउँपालिकाको चखौरामा सम्पन्न भयो ।
दङ्गिशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा एवं प्रदेश नं. ५ का लेखा समितिका संयोजक तथा प्रदेशसभा सदस्य डिल्ली चौधरीको प्रमुख आतिथ्यता एवं तुल्सिपुर नगरपालिकाका मेयर घनश्याम पाण्डेको बिशिष्ट आतिथ्यतामा गोष्ठी सम्पन्न भयो । प्रदेश न ५ ले दाङ जिल्ल का बबई गाउँपालिक, शान्तिनगर, दङ्गिशरण , बङगलाचुली, तुल्सीपुर उप महानगरपालिकाका प्रमुख तथा उपप्रमुख प्रमुख प्रशाशकिय अधिकृत र योजना शाखा प्रमुखहरुसंग सम्पुरक तथा अनुदानमा सम्पन्न हुने योजनालाई कसरी व्यबस्थापन सम्बन्धी विषयमा छलफल भएको थियो । उक्त कार्यक्रममा मन्तव्य राख्ने क्रममा प्रदेश नं. ५ का लेखा समितिका संयोजक तथा सभा सदस्य डिल्ली चौधरीले ‘प्रदेश सरकार स्थानिय तहको बिकासका निम्ति हुनु पर्ने जानकारी दिए । उहाले स्थानिय तहको बिकासका निमित्त प्रदेश सरकार र स्थानिय सरकारको सम्बन्ध प्रगाढ बनाउदै ठुला योजना र लक्षित बर्गमा बजेट पुग्ने गरि योजना बनाइने जानकारी दिनु भयो ।
बबई गाउपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम को प्रशिक्षकमा आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिब तिलकबहादुर खड्का रहनु भएको थियो । कार्यक्रम को सहजीकरण बबई गाउँपालिका का प्रमुख प्रशाशकिय अधिकृत भिष्मकुमार मल्लले गर्नु भएको थियो ।

















