ब्याक्टेरिया र भाइरसको संक्रमणले गर्दा झाडापखाला हुन्छ । झाडापखालाको कारण दिनमा तीन चारपटक भन्दा बढी छिटोछिटो पातलो दिसा जानु र वाकवाकीसमेत हुने गर्दछ । भिब्रियो कोलेरा, जुकाहरू (हेलमेन्थ)जस्ता भाइरल ब्याक्टेरियाको संक्रमणले झाडापखला लाग्छ ।
झाडापखाला लाग्ने मुख्य कारण पानी नै हो । असुद्ध खानेपानीमा विभिन्न ब्याक्टेरिया, भाइरसहरु मिसिएको हुन्छ । विना फिल्टर र नउमाली पानी पिउँदा झाडापखाला लाग्ने सम्भावना हुन्छ ।बारम्बार पातलो दिसा हुनु, दिसामा सिँगानजस्तो चिप्लो पदार्थ तथा रगत आउनु, शरीर शिथिल हुनु, आँखा गाडिने—मुख सुक्ने, बढी मात्रामा तिर्खा लाग्ने, कमजोर एवम् बेहोस हुन सक्ने सम्भावना पनि हुन्छ ।
धेरै नेपाली झाडापखालाको शिकार बन्नुको प्रमुख कारण सरसफाईमा ध्यान नदिनु नै हो । सरसफाईमा ध्यान दिने ,घरको वरिपरी सफा गर्दा झाडापखाला बच्न सकिन्छ । झाडापखाला लाग्नु भन्दा लाग्नै नदिन सामान्य कुरालाई ध्यान दिन सकेको खण्डमा झाडापखाला लाग्नबाट बच्न सकिन्छ । जस्तै बाहिरको काम सकेर घर फर्किँदा, शौचालय गएपछि, फोहोर बस्तु छोएपछि साबुन पानीले हातखुट्टा मिचिमिची धुने गर्नुपर्छ । खुल्ला ठाउँमा दिशापिसाव नगर्ने, सफा पानी पिउने, सकेसम्म पानी उमालेर पिउने गर्दा रोगबाट बच्न सकिन्छ ।
पानी उमालेर खाने बानी बसाल्नु पर्छ । बाहिरको खानेकुरा नखाने । झाडापखाला लागेपछि जीवनजल पानी खुवाउनु पर्छ । यदि जीवनजल नभएको खण्डमा एक चिम्टी, नून, एक मुठी चिनी र एक लिटर पानी घोलेर खुवाउने गर्नुपर्दछ । झाडापखाला लागेपछि जीवनजल पानीसँगै अरु झोलिलो खानेकुराहरु दाल, फ्रेस जुस ,नरम खाना खुवाउनु पर्दछ । हरियो सागसब्जी राम्रोसँग पखालेरमात्र खाने गर्नुपर्दछ ।


















