आज पूर्वगृहमन्त्री खाँणको निवेदनमाथि सुनुवाइ

33

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले दिएको निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ हुने भएको छ ।

यसअघि अरुका हकमा राय मिलेको भए पनि खाँणको हकमा दुई न्यायाधीशबीच राय बाझिएकाले तेस्रो न्यायाधीशकोमा पेस हुन लागेको हो ।

कुन न्यायाधीशको इजलासमा सुनुवाइ हुन्छ भन्ने कुरा अहिले नै टुंगो लागिसकेको छैन । आज कार्यालय समय सुरु भएपछि गोला प्रक्रियाबाट मात्रै इजलास टुंगो लगाइने छ ।

आज सुनुवाइ गर्नेले यसअघिका दुई मध्ये जुन न्यायाधीशको राय समर्थन गर्छन्, त्यही आदेश कार्यान्वयन हुन्छ ।

तर यी न्यायाधीशले अघिका दुई बाहेक तेस्रो राय दिएमा निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतको एकल इजलासमा पुग्नेछ ।

१५ मंसिरमा उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, आङटावा शेर्पासहित ९ जनालाई थुनामै राख्न आदेश दिएको थियो ।

भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई भने १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here