टेलिभिजन स्टुडियोमै लाइभ न्युज चलिरहकै बेला आक्रमण

30

काठमाडौं । इजरायलले इरानको सरकारी टेलिभिजन स्टुडियोमै लाइभ न्युज चलिरहकै बेला आक्रमण गरेको छ । इजरायलले तेहरानस्थित इरानी सरकारी टेलिभिजन, इस्लामिक रिपब्लिक अफ इरान ब्रॉडकास्टिङ (आइआरआइबी)मा हवाई आक्रमण गरेको हो ।

बीबीसीले सार्वजनिक गरेको एक भिडियोमा टेलिभिजन स्टुडियोमा न्युज एंकरले समाचार  पढीरहेकी थिइन् । प्रत्यक्ष प्रसारणकै क्रममा  स्टुडियोमै धूलो र भवनका टुक्राहरु खसिरहेको देखिन्छ । स्टुडियोको लाइट बन्द भएपनि क्यामेरा भने बन्द भएको थिएन । साथै एंकरलाई पनि के भएको देखिदैन । टेलिभिजनको मुख्यालयमा आइआरआइबीलाई उदृती गर्दै बीबीसीले जनाएको छ ।

आक्रमणपछि केही समयको लागि प्रसारण बन्द भएपनि च्यानलले पुनः प्रसारण सुरु गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here