तिहार आयाे, सजिन थाले मखमली फूलका माला

437

काठमाडाैं-तिहार नजिकिदै गर्दा भक्तपुरकाे थली गुण्डुका किसानलाइ अहिले भ्याइ नभ्याइ छ । बारीमा फूलेका मखमली फूल टप्ने र माल बनाएर राख्ने ।  मखमली फूल कहिले नओइलिने भएकोले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकको रुपमा लिइन्छ| त्यसैले तिहारमा  दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन् । संकृतमा रक्त मल्लिका भनिने यो फुल देख्नमा पनि सुन्दर भएको ले सन् १८५५ मा जङ्गबहादुरले बेलायत पठाएको उपहारमा पनि परेको विकिपिडियामा उल्लेख छ । त्यससमय मा यो यो नेपाल मा प्रसिद्ध रहेको र भारतमा पाँइदैन । सेतो, गाढा कलेजी तथा हल्का रातो रंगमा फुल्ने मखमली तिहारको भाइटीकामा विशेष प्रयोगमा आउँछ।

राससका अनुसार तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो । गतवर्षको तिहारमा २५ लाख माला खपत हुँदा तीन लाख माला भारतबाट ल्याइएको थियो । विश्वभरि फैलिएको कोरोना भाइरसका कारण यसअघि फूलले बजार नपाए पनि तिहारमा भने स्वदेशी उत्पादनले नै धान्ने छ ।

स्थानीय फूल फुलिरहेका छन् ती सबै फूल तिहारका लागि प्रयोग हुन्छ । व्यवसायीहरुले यस वर्षको पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाएका हुनाले उत्पादन राम्रो रहेको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताउनुभयो ।

अघिल्ला वर्षको तुलनामा यस वर्षको तिहारमा उपभोक्ताले केही बढी मूल्य तिर्नुपर्छ । एउटा सयपत्री मालाको मूल्य रु ६० देखि ७० सम्म तिर्नुपर्ने देखिन्छ । ग वर्ष रु ५० देखि ६० बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएको एशोसिएशनलेका अध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरको छ ।

तस्बिर सुजन गुरूङ्ग 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here