काठमाडौं । इरानको राजधानी तेहरानमा रहेको राष्ट्रिय प्रसारण सेवाको भवनमा आक्रमण हुँदा एक सरकारी टिभी कर्मचारीको मृत्यु भएको छ। इरानको सरकारी समाचार संस्था फार्स न्युज एजेन्सीका अनुसार आक्रमण इस्लामिक रिपब्लिक अफ इरान न्युज नेटवर्कको भवनमा भएको थियो।
इरानको सरकारी विवरण अनुसार शुक्रबारदेखि इजरायलद्वारा सुरु भएको हवाई आक्रमणमा अहिलेसम्म २२४ जना मारिएका छन्। इजरायली प्रधानमन्त्री नेतन्याहूको कार्यालयले इरानको जवाफी हमलामा इजरायलमा कम्तीमा २४ जनाको मृत्यु भएको जनाएको छ। एनबीसी न्यूज

















