काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह डीको खेलमा चेल्सीले सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिलियन क्लब फ्लामेंगोसँग ३–१ को हार बेहोरेको छ।
चेल्सीका लागि पेड्रो नेटोले १३औं मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा फ्लामेंगोले उत्कृष्ट प्रदर्शन गर्दै पुनरागमन गरेको हो ।
६९औं मिनेटमा चेल्सीका निकोलस ज्याक्सनले आयर्टन लुकासमाथि गरेको खराब ट्याकलका कारण रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।
यही समूहको अर्को खेलमा एसपेरेन्सले लस एन्जलसलाई १-० ले हराएको छ । चेल्सी र एसपेरेन्सको २ खेलमा समान ३ अंक भएको छ । लस एनजलस एफसी अंकविहीन छ ।