वृद्धभत्ता सत्तारुढ दलबीचको सहमतिमै बढाइएकाे

25

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वृद्धभत्ता सत्तारुढ दलबीचको सहमतिमै बढाइएको जानकारी दिएका छन् ।

संसद्मा कांग्रेस सांसद रामहरि खतिवडाले उमेर किन बढाएको भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफमा अर्थमन्त्री पौडेलले दलहरूबीचकै सहमतिमा यो निर्णय लिइएको जनाए ।

उनले यसरी उमेर बढाउँदा पनि अहिले खाइपाइ आएको सुविधा भने नखोसिने स्पष्ट पारे । हाल सरकारले वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्‍याएको छ । यसअघि ६८ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here