रत्ननगरकाे १ अर्ब ५४ करोडको बजेट

24

चितवन । चितवनको रत्ननगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ५४ करोड ६५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ । रत्ननगर नगरपालिकाको मंगलबार सम्पन्न १७ औँ नगर सभामा आगामी आर्थिक वर्षको लागि उपमेयर यादवप्रसाद पाठकले एक अर्ब ५४ करोड ६५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

रत्ननगरको बजेट कार्यक्रममा खर्च व्यहोर्ने स्रोत अन्तर्गत सङ्घीय समानीकरण अनुदान १७ करोड ८९ लाख रुपैयाँ, सशर्त अनुदान चालू तर्फ ३६ करोड ८२ लाख, पूँजिगत २ करोड ८८ लाख रुपैयाँ, विशेष अनुदान ६८ लाख रुपैयाँ, समपूरक अनुदान ५५ लाख रुपैयाँ बाँडफाँटबाट प्राप्त हुने राजश्वबाट १३ करोड ४० लाख रुपैयाँ समावेश गरिएको छ ।

त्यस्तै खर्च व्यहोर्ने स्रोत तर्फ प्रदेश समानीकरण अनुदान १ करोड ८९ लाख रुपैयाँ, सशर्त चालू तर्फ ३ करोड ५६ लाख रुपैयाँ, पूँजिगत तर्फ १ करोड ५० लाख रुपैयाँ, विशेष अनुदान ६५ लाख रुपैयाँ, समपूरक अनुदान १ करोड ७७ लाख रुपैयाँ र राजश्व बाँडफाँटबाट ६ करोड २२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

रत्ननगर नगरपालिकाले खर्च व्यहोर्ने स्रोत तर्फ राजश्व बाँडफाँड घरजग्गा रजिष्ट्रेशन दस्तुर ९ करोड रुपैयाँ, आन्तरिक स्रोतबाट १४ करोड ५२ लाख रुपैयाँ, मौज्दात रकम १० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यसअघि नगरसभामा मेयर प्रलाद सापकोटाले नीति तथा कार्यक्रम र बजेट पेस गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here