साफ यू-२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

27

काठमाडाैं । साफ यू-२० महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ।

नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले २३ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन्। प्रतियोगिता बंगलादेशमा आगामी जुलाई ११ देखि २२ तारिकसम्म हुनेछ। प्रतियोगितामा चार टोली मात्र भाग लिँदैछन्।

नेपाल र बंगलादेशसहित श्रीलंका र भुटानले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। गत वर्षको उपविजेता भारत सहभागी छैन।

नेपाली टोली लिला जोशी, सुशीला केसी, करुणा बुढाथोकी, अस्मिता गुरुङ, सुजाता तामाङबिर्सना चौधरी, सरिता कुमारी नाथ, सेनु परियार, माया मास्के, कुसुम खतिवडा, सेमिहाङ्मा लिम्बु, सुक्रिया मिया, सिमरन राई, मनिषा सेन, झुमा विश्वकर्मा, बर्षा ओली, गंगा रोकाया, पूर्णिमा राई, अनिशा राई, मीना देउवा, सीता रोकाया, समिक्षा मगर, कविता गुरुङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here