22

काठमाडाैं । नेपाली बजारमा सुकेको प्याजको मूल्य अचाक्ली बढेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।

बिहीबार कालीमाटी तरकारी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४८ देखि अधिकतम ५० रूपैयाँमा कारोबार भएको छ।

एक साताअघिको तुलनामा यो प्रतिकिलो ६ रूपैयाँ बढी हो। एक साताअघि कालीमाटी तरकारी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४२ देखि अधिकतम ४४ रूपैयाँमा कारोबार भएको थियो।

आपूर्तिको आधारमा मूल्य घटबढ हुन्छ। अहिले बजारमा भारतीय र नेपाली दुवै प्याज आइरहेको छ। व्यवसायीहरूका अनुसार प्याजको मूल्य थोरै मात्रामा मात्र घटबढ हुन्छ। अन्य तरकारी वा फलफूलको जस्तो धेरै मूल्यको अन्तर हुँदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here