जसपामा पाँच जना केन्द्रीय सदस्य निष्कासित

20

काठमाडौं । चुनावमा अन्तर्घात गरेको भन्दै जनता समाजवादी पार्टीले पाँच जना केन्द्रीय सदस्यलाई कारबाही स्वरुप निष्कासित गरेको छ।

शनिबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले केन्द्रीय पाँच जनालाई निष्कासित गरेको हो। केन्द्रीय सदस्यहरु दीपेन्द्र नेम्बाङ, देउकुमार नेम्बाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्कासन गरिएको हो।

छानबिन समितिको प्रतिवेदनको सिफारिस अनुसार केन्द्रीय सदस्यबाट निष्कासन गरेर नसिहत दिइएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

कारबाहीमा परेकाहरुले पार्टीको कारबाही चित्त नबुझे निर्णय भएको मितिे १५ दिनभित्र पार्टीको अनुशासन आयोगमा निवेदन दिनसक्ने जसपाले बताएको छ।

यस्तै शनिबारकै बैठकले पार्टीको विधान मस्यौदालाईसमेत अनुमोदन गरेको छ। उक्त विधानको मस्यौदा आइतबार काठमाडौंमा सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here