जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

18

डोल्पा । ठुलिभेरी नगरपालिका-३ दुनैबजारस्थित बि एण्ड बि होटलमा जुवातास खेलिरहेको अवस्थामा रूकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका-८ घर भएका ३३ वर्षीय अञ्चल मल्ल समेत ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको   छ ।

उक्त स्थानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १८ हजार २ सय ७५ रूपैयाँ र ६ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here