बिश्व कीर्तिमानि अमरद्वारा लिखित गीत सार्वजनिक

30

काठमाडौं  । अदिती कलेक्सन मल्टिपर्पोज प्रा.ली. को ब्यानरमा दि लाईफ एक्सप्रेस मुभी मेकर्सले बजारमा ल्याएको भिडियोलाई ओ. एअ. आर. मूभिजले युटुब मार्फत भखरै सार्वजनिक गरेको छ ।

बिश्व कीर्तिमानि गीतकार सुरेन्द्र महर्जन अमरद्वारा लिखित सो गीत नेपाल भाषामा तयार भएको एतिहासिक नेवार कला संस्कृतिमा आधारित असारे महिना सम्बन्धि बर्षे गीत हो जुन गीतमा बहु- प्रतिभाशाली सङीतकार सुर्य राई दनुवारको मधुर सङीत र चर्चित गायक-गायिका क्रमशः शंकर लाल श्रेष्ठ तथा दिलु श्रेष्ठको सुमधुर आवाज सुन्न सकिन्छ।

भिडियो तर्फ चलचित्रमा समेत ब्यस्त निर्देशक रोशन के श्रेष्ठ द्वारा निर्देशीत यस सामाग्रीमा अहिलेका लोकप्रिय मोडेल जुना कार्की तथा स्थापित कलाकार शंकर लाल श्रेष्ठ स्वयम् गायकले नै यस गीतमा मोडलिङ गरेका छन भने अर्का लोकप्रिय ईन्द्रेणीका अध्यक्ष कृष्ण कडेल,छत्र शाही लगायतका टिम पनि यो भिडियो सामाग्रीमा देख्न सकिन्छ।

यस भिडियोमा नगरकोट भ्रमण बर्ष २०८२ को प्रबर्द्धनको लागि नगरकोट बजार लगायत मण्डन- देउपुर नगरपालिका कुन्ताबेसी,ढाईटार जस्ता स्थानमा छायांकन गरिएको हो ।

हाम्रो जस्तो कृषि प्रधान देश र बिबिधता जाती,धर्म,परिवेश तथा कला-संस्कृतिको अनुपम नमुना भएको राज्यमा यो असारे महिना सम्बन्धि नेपालभाषाकाे भिडियो सामाग्रीले नेपाली साङीतिक दुनियाँमा एक अलग्गै पहिचान बनाउने कुरा नकार्न सकिन्न।

भिडियाे तल लिंकमा गएर हेर्न सकिन्छ :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here