भोलि नेपाली राष्ट्रिय महिला फुटबल टिम स्वदेश आइपुग्ने

26

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिम भोलि (सोमबार) बिहान स्वदेश आइपुग्ने भएको छ ।

एएफसी एसियन कप छनोटका निम्ति उज्वेकिस्तान पुगेको नेपाली टिमले तीन खेल खेलेको थियो । समूह समूह ‘एफ’ मा दुई खेलमा जित निकाले पनि अन्तिम खेलमा हार बेहोरेसँगै नेपालको एसियन कप खेल्ने सम्भावना समाप्त भएको थियो ।

दुई खेलमा जित निकालेको नेपाली टिम सोमबार बिहान ८ बजे त्रिभुवन विमानस्थल ओर्लिनेछ ।

छनोटमा नेपालले पहिलो खेलमा लाओससँग ९–० को र दोस्रो खेलमा श्रीलंकासँग ८–० को जित निकालेको थियो ।

तर, अन्तिम खेलमा घरेलु टिम उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो । त्यसअघि खेलको निर्धारित समय दुवै टिमले ३–३ को बराबरी खेलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here