एजेन्सी । अमेरिकी अन्तराष्ट्रिय विकास एजेन्सी (यूएसएड) को अनुदान कटौतीले सन् २०३० सम्ममा १ करोड ४० लाखभन्दा बढी मानिसको ज्यान जान सक्ने खतरा बढेको एक अनुसन्धानले देखाएको छ।
प्रख्यात चिकित्सा जर्नल द ल्यानसेटमा प्रकाशित अनुसन्धानले अमेरिकी सहयोग कटौतीले २०३० सम्म १ करोड ४० लाखभन्दा बढीको ज्यान जाने खतरा बढेको जनाएको हो।
अनुसन्धानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले वैदेशिक अनुदान कटौती गरेपछि सन् २०३० सम्म ४५ लाख बालबालिकाको मृत्यु हुने सम्भावना बढाएको जनाएको छ।
वार्षिक ६ लाखसम्म एचआईभी संक्रमितको मृत्यु हुने र मलेरिया, कुपोषण र मातृ मृत्युदर समेत बढ्ने अनुसन्धानले देखाएको छ।
सन् २०२५ देखि ८३ प्रतिशत वैदेशिक रकम कटौतीले समग्र सार्वजनिक स्वास्थ्य प्रणालीलाई असफल बनाउने खतरा पनि देखाइएको छ। यसले विशेषत निम्न–मध्यम आय भएका देशका महिला, बालबालिका, र कमजोर समुदायहरूलाई प्रत्यक्ष असर गर्ने अध्ययनमा उल्लेख गरिएको छ।
अमेरिकाले ६० भन्दा बढी देशहरूमा सहायता कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो।

















