सेयर बजारमा ‘ब्रेक’

28

काठमाडौं । पछिल्लो ६ दिनसम्म लगातार बढेको सेयर बजारमा ‘ब्रेक’ लागेको छ।

यसअघि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ अंकले बढेर २७०६ विन्दुमा पुगेको थियो।

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार २२ अंकले गिरावट हुँदै बन्द भएको हो। योसँगै आज बजार २६८४ विन्दुमा घटेर बन्द भएको छ।

सेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। आइतबार साढे ९ अर्ब कारोबार भएको सेयर बजार आज ८ अर्ब ३७ करोडमा खुम्चिएको छ।

कुल ३९ कम्पनीको मूल्य बढ्दा २०९ को घट्यो। अधिकांश सेक्टरका सूचक घटेका छन्। फाइनान्स सबैभन्दा धेरै ३.७६ प्रतिशत घट्यो। बैंकिङ ०.७९, विकास बैंक ०.८१, हाइड्रोपावर १.०२, लगानी ०.७६, जीवन बीमा ०.९३, उत्पादन तथा प्रशोधन १.२४, माइक्रोफाइनान्स ०.७०, निर्जीवन बीमा ०.६६, अन्य ०.१५ तथा व्यापार १.२५ प्रतिशत घटे। होटल तथा पर्यटन समूह ०.६१ प्रतिशत बढ्यो।

माथिल्लो मैलुङखोला जलविद्युत्को मूल्य सबैभन्दा धेरै ६.५६ प्रतिशत बढ्यो। त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ६.२८, भगवती हाइड्रोपावरको ४.०६, सिन्धु विकास बैंकको ३.७४, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ३.५९ प्रतिशत बढ्यो।

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो। ग्रिन डेभलपमेन्ट बैंकको ९.४९, नेपाल फाइनान्सको ५.३९, समृद्धि फाइनान्सको ४.५९ प्रतिशत घट्यो।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, साहस ऊर्जा र ङादी ग्रुप पावर क्रमशः छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here