काठमाडौं । चीनबाट आएको बाढीमा परेर रसुवामा १५ जना बेपत्ता भएका छन् ।
जिल्लाको टिमुरेमा बाढीमा १५ जना बेपत्ता भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
उनका अनुसार चारजना चिनियाँ कामदारसहित १५ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दुईजना प्रहरी पनि छन् । “नौजनाको उद्धार गरिसकेका छौँ,” उनले भने, “अहिले पनि हामी उद्धारमा छौँ ।”


















