टिमुरे बाढीमा १५ जना बेपत्ता

32

काठमाडौं । चीनबाट आएको बाढीमा परेर रसुवामा १५ जना बेपत्ता भएका छन् ।

जिल्लाको टिमुरेमा बाढीमा १५ जना बेपत्ता भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले  जानकारी दिए ।

उनका अनुसार चारजना चिनियाँ कामदारसहित १५ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दुईजना प्रहरी पनि छन् । “नौजनाको उद्धार गरिसकेका छौँ,” उनले भने, “अहिले पनि हामी उद्धारमा छौँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here