विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणालीमा दीर्घकालीन असर

37

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको जनाएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जलवायु परिवर्तन, जैविक स्रोतहरूको ह्रास, रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको जनाएका हुन् ।

तर, हरित अर्थतन्त्रले दीर्घकालीन बाटो देखाएको उनले तर्क गरे ।

हाम्रो कृषि क्षेत्र जलवायु जोखिमप्रति संवेदनशील भएकोले अबको नीति निर्माणमा हरित कृषि, जैविक खेती, पर्याावरण अनुकूलन प्रवर्द्धन र नवीन कृषि प्रणालीमा ध्यान दिनुपर्छ,’ उनले भने ।

मन्त्री अधिकारीले थपे, ‘कृषिमा हरित लगानी बढाउने, नवीकरणीय ऊर्जा, जल व्यवस्थापनमा अब संसद र सरकारको साझा सोच हुनुपर्छ र त्यो साझेदारीमा युवा नेतृत्वसँग मिलेर अघि बढ्नुपर्नेछ ।’

उनले आगामी नीति, बजेट र कार्यक्रमहरूमा हरित दृष्टिकोणलाई मुख्य नारा बनाएर अघि बनाएर अघि बढ्न आवश्यक रहेको जनाए।

‘आगामी नीति, बजेट र कार्यक्रमहरूमा हरित दृष्टिकोणलाई मुख्य नारा बनाएर अघि बढ्नुपर्छ’ उनले भने, ‘आजको हाम्रो पूँजी त्यसको प्रयोगमा मात्रै उपयोग गर्नसक्छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here