संघीय मामिलामन्त्रीलाई पक्राउ गरेर छानबिन गर्नुपर्ने

24

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजमात्रै पदबाट राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गर्नुपर्ने जनाएको छ।

मंगलबारको प्रतिनिधिसभामा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गुप्ताले मन्त्री पदबाट राजीनामा दिएर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर छानबिन गर्न माग गरेका हुन्।

बहालवाला मन्त्रीले घूसको डिल गरेको अडियो सार्वजनिक हुने बेलासम्म छानबिन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग के हेरेर बसेको छ भन्ने प्रश्न पनि सांसद शाहीले गरे।

‘पहिले-पहिले एउटा चलन थियो, अहिले पनि छ। ज्ञान नपाए कासी जानू, न्याय नपाए गोरखा जानू, भ्रष्टाचार गर्न नपाए केपी ओली सरकारको क्याबिनेटमा आउनू !,’ शाहीले भने।

त्यस्तै अडियो टेप सार्वजनिक भएको र पैसा लेनदेन भएको अवस्थामा राजीनामा मात्र दिएर उम्कन नपाइने प्रमुख सचेतक शाहीको धारणा छ।

‘हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनाएका छौं योद देशमा। आयोगले के गरेर बसेको छ सम्माननीय सभामखु महोदय ? गृहमन्त्रालयगतका युनिटहरुले के हेरेर बसेका छन् ? मन्त्रीले राजीनामा दिने बित्तिकै समस्या समाधान हुन्छन् ? मन्त्रीलाई तत्काल पक्राउ गरियोस् र छानबिन गरियोस्। त्यति मात्र होइन अन्य मन्त्रीमाथि पनि छानबिन गरियोस्,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here