विद्यादेवी भण्डारीकाे व्यक्तिगत वेबसाइट सार्वजनिक

32

काठमाडौं । नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले व्यक्तिगत वेबसाइट सार्वजनिक गरेकी छिन्‌ ।

www.bidyabhandari.com.np डोमेन नाम रहेको वेबसाइटमा भण्डारीको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिको रूपमा निर्वाह गरेका भूमिका, अन्तरराष्ट्रिय मञ्चहरूमा सहभागिता, विचार तथा अभिव्यक्तिहरू, तस्बिरसहितका स्मृतिहरू, प्रमुख सम्बोधनहरू, प्रकाशित सामग्रीहरू तथा सम्बन्धित अभिलेख एवम्‌ दस्तावेजहरू रहने उनको सचिवालयले जनाएको छ ।

समकालीन राजनीति र इतिहासमा चासो राख्ने शोधकर्ता, विद्यार्थी, पत्रकार तथा आम नागरिकका लागि यो वेबसाइट सन्दर्भ सामग्रीको भरपर्दो स्रोत बन्ने विश्वास पूर्वराष्ट्रपति भण्डारीले व्यक्त गरेकी छिन्‌ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here