‘द फेस नेपाल भोल्युम ५’को फिनालेमा यी आठबीच प्रतिस्पर्धा हुने

21

काठमाडौं । मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’को फिनालेमा ८ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

‘यु क्यान फ्लाई’ मोडलिङ एजेन्सी आयोजक रहेको शोको फिनालेमा एलिना चौधरी, एलेन थापा, गणेश क्षेत्री, इर्भानवीर सिंह कंशाकार, प्राश्ना श्रेष्ठ, प्रतिष्ठा रिजाल, तृषा चेम्जोङ र जोस गरेट प्रतिष्पर्धी छन् ।

प्रवन्ध निर्देशक स्वीकृति प्याकुरेलले नेपालमा मोडलले राम्रो ‘एक्सपोजर’ नपाइरहेको अवस्थामा उनीहरुलाई ‘एक्सपोज’को प्लेटफर्म दिन शोको आयोजना गरिएको बताइन् । स्वीकृति पनि १० वर्षदेखि मोडलिङमा सक्रिय छिन् ।

‘म १० वर्षदेखि मोडलिङमा लाग्दा एक्सपोजर पाउनुपर्ने भए पनि अहिलेका मोडलले मोडलिङमा लाग्ने बित्तिकै एक्सपोजर पाइहाल्नुपर्ने भन्ने भएकाले यो रियालिटी शो निर्माण गरेका हौं’, उनले भनिन्, ‘नेपालमा मोडलिङ इभेन्ट भए पनि मोडलले निरन्तरता दिए अनुसारको हाइप बनाउन सकेका छैनन् । त्यसकारण हामी उनीहरुलाई अवसरको ढोका खोल्न चाहन्छौं ।’

फाइनलिस्टको फ्यान फलोइङ राम्रो भएकाले शोमार्फत उनीहरुको आन्तरिक प्रतिभालाई बाहिर ल्याउन चाहेको उनले बताइन् । यसपटकको शोमा १८ जना सहभागी थिए । फिनाले विहीबार होटल सोल्टीमा हुँदैछ ।

प्रतियोगिताको उपाधि विजेताले द फेस नेपालको ब्राण्ड एम्बासडरसँगै ७ लाख रुपैंयाँ बराबरको उपहार, म्युजिक भिडियो, विज्ञापनमा मोडलिङको अवसरलगायतको पुरस्कार प्राप्त गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here