जर्मनी महिला युरो कपको सेमिफाइनलमा प्रवेश

22
JPG converted with https://ezgif.com/avif-to-jpg

काठमाडौं । पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउँदै जर्मनी महिला युरो कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सो खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो।

खेलको १३ औँ मिनेटमा क्याथरिन हेन्डरिचले रातो कार्ड पाएपछि जर्मनी १० खेलाडीमा सीमित भएको थियो। उनले पेनाल्टी बक्समा जर्ज एम बक्सलाई तानेपछि रातो कार्ड पाएकी हुन्।

ग्रेस गायरोले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएकी हुन्। २५ औँ मिनेटमा जोयके नुस्केनले जर्मनीका लागि गोल गरिन्।

सानदार प्रदर्शन गरेकी आन काटनिर बर्गरले फ्रान्सकी एलाई सोमबाथको प्रहार रोकेपछि जर्मनी पेनाल्टी सुट आउटमा ६–५ ले विजयी भएको हो।

जर्मनीकी गोल रक्षक बगर्र अमाल बाज्री र सोमबाथको प्रहार बचाएकी हुन्। फ्रान्सले ७ प्रहार गरेको थियो। जर्मनीका तर्फबाट ६ गोल भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here