प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

27

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन्।

प्रधानमन्त्री ओली सेप्टेम्बर १६ र १७ तारिकमा भारत भ्रमणमा जाने भएका हुन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणको निमन्त्रणा आएको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीको यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ। ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट अर्थात् १ असोजमा काठमाडौं फर्कने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here