काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी नेकपा सरकारलाई निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले ७ दिने अल्टिमेटम दिएको छ ।
निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका धारणा सार्वजनिक गर्न आज सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारलाई चेतावनी दिएको हो।
कर्मचारी समायोजन गर्न बनेको अध्यादेश, २०७५ बारे विभिन्न १३ बुँदे माग सार्वजनिक गर्दै अध्यादेश संशोधन गरेर मात्रै कार्यान्वयनमा लैजान चेतावनी दिएको हो ।


















