काठमाडौं / नेपाल अाइडलकाे दाेस्राे संस्करणकाे विजेता रवि अाेड भएका छन ।
नेपालकै चर्चित रियालिटि साे नेपाल अाइडलकाे फिनालेबाट रविलाई नेपाल अाइडल भएकाे घाेषणा गरिएकाे हो ।
जनताले पठाएकाे भोटिंगलाई आधार मानेर सबैभन्दा बढी जनताले पठाएको भोट पाएर फिनालेमा पुगेका प्रतिस्पर्धी बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारीलाई पछि पार्दै रवि नेपाल अाइडल बनेका हुन्।
रविले २२ लाख र गोल्डेन माइक पाएका छन् । आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बने । बरालले २० लाखको चेक पाएका छन् ।
सेकेण्ड रनरअप सुमित पाठक भए । सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाए ।
थड रनरअप अर्थात् चौथो अस्मिता अधिकारी भइन् । उनले होन्डाको स्कुटर पाएकी छन् । सिजन २ की एकमात्र नारी अस्मिता फाइनलमा पुगेकी थिइन् ।
पुर्ख्यौली अछाम भएका रवि धनगढि अडिसनबाट नेपाल अाइडलमा प्रवेश गरेका हुन्।
हाल कंचनपुर घर भएका रविले जोडदार उत्कृष्ट प्रदर्शन गर्दै सबैकाे मन जितेका थिए ।


















