आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

30

काठमाडौं । प्युठान, झिमरूक गाउँपालिका-५ मच्छी बजार बस्ने ६० वर्षीया तारा कुमारी जिसीको घरमा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सर्लाही, कौडेना गाउँपालिका-१ बस्ने ४० वर्षीय लालबाबु राउतको किराना पसलमा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका-४ नाष्ट कलेज नजिक विश्व प्रकाश कडेलले संचालन गरेको हेलेन ट्रेड सप्लायर्सको ४ वटा सटर, परिवर्तन इन्पेक्स (कपडाको होलसेल पसलको ३ वटा सटर) र उनकै सेन्टर पोईन्ट रेस्टुरेन्टमा विद्युत सर्ट भई आइतबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here