काभा च्याम्पियन्स लिगको तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुँदै

27

काठमाडाैं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियन्स लिगको तेस्रो स्थानका लागि नेपालको हेल्प नेपालले श्रीलंकाको पोर्ट्स अथोरिटीसँग प्रतिस्पर्धा गर्दैछ।

माल्दिभ्समा भइरहेको क्लबस्तरीय प्रतियोगितामा लिग चरणमा हेल्प नेपाल तेस्रो भएको थियो।

लिगको अन्तिम खेलमा श्रीलंका पोर्ट्सलाई पराजित गरेपछि उसको तेस्रो स्थान पक्का भएको थियो। यद्यपी कास्य पदका लागि चौथो भएको श्रीलंकासँग नै नेपालले खेल्न लागेको हो।

खेल बुधबार नेपाली समयअनुसार सवा तीन बजे हुनेछ।

हेल्प नेपालले लिग चरणमा एक खेल मात्र हारे पनि शीर्ष स्थानको बिस्केक-किर्गिस्तान र दोस्रो स्थानको काजखस्ताको झाएक भिसीलाई पछि पार्न सकेन।

६ टोलीबीच भएको प्रतियोगितामा हेल्प नेपालले बिस्केकसँग हारेको थियो। बिस्केक र झाएक भने पहिलो र दोस्रो हुँदै उपाधिका लागि भिड्दैछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here