कीर्तिपुरका सकेश महर्जन मृत अवस्थामा फेला

97

थानकोट । १० दिनदेखि सम्पर्कविहिन बनेका कीर्तिपुरका सकेश महर्जन मृत अवस्थामा फेला परेकाे छ ।

चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँस्थित शान्ति वनमा बिहीबार मध्यान्ह उनी मृत अवस्थामा  फेला परेकाे हाे ।

मृत अवस्थामा फेला परेकाे भएपनि  शव पहिचान गर्न कठिनाइ भएको जनप्रतिनिधिले जनाइएकाे छ । । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। हाल शव परीक्षणका लागि अस्पताल पठाइएको खबर प्राप्त भएकाे छ ।

गत असार ३१ गते मंगलबार बिहान करिब पौने १२ बजे कीर्तिपुर नगरपालिका वडा नं. ९ छुगाउँमा रहेकाे घरबाट निस्किएका ५० वर्षीय सकेश महर्जनकाे  मोटरसाइकल मच्छेगाउँमा फेला परेपश्चात साे क्षेत्रमा उनको खोजी तिव्र बनाइएपश्चात स्थानीय बासिन्दा र शान्ति वनमा काममा खटिएका मजदुरहरूले रुखमा मान्छे झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेकाे थियाे ।  त्यसपछि मृतकका परिवारजनका सदस्यले शव सकेशकाे भएको सनाखत गरेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here