नेप्से परिसूचकमा गिरावट

29

काठमाडौं । साताको कारोबारको चौथो दिन शेयर बजार ४७.९३ अङ्कको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) ४७.९३ अङ्कले घटेर २९५४.५१ अङ्कमा रोकिएको छ ।

आज १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज ५० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २६६ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । त्यस्तै ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज अन्य समूहबाहेक सबै समूह राताम्मे भएका छन् । अन्य समूह ०.८५ प्रतिशतले बढ्दा बैंक १.५५ प्रतिशत, व्यापार १.७२ प्रतिशत, होटल एण्ड टुरिजम २.१ प्रतिशत, विकास बैंक ३.३७ प्रतिशत, जलविद्युत १.६३ प्रतिशत, फाइनन्स २.७० प्रतिशत, लघुवित्त ३.२८ प्रतिशत, निर्जीवन विमा कम्पनी १.५४ प्रतिशत, जीवन विमा कम्पनी १.७६ प्रतिशत, उत्पादन १.३२ प्रतिशत, म्युचल फण्ड ०.१ प्रतिशत, लगानी समूह १.६५ प्रतिशत घटेको छ ।

आज हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्टलगायतको कारोबार उच्च रह्यो । सान्भी इनर्जी, ट्रेड टावर लिमिटेड, समता लघुवित्त वित्तीय संस्था, सिक्लेस हाइड्रोपावर लगायतका शेयर मूल्य बढेको छ भने सबैभन्दा बढी ग्रिन डेभलपमेन्ट बैंक, कालिका पावर कम्पनी, नाडेप लघुवित्त, सीवाईसी नेपाल लघुवित्तलगात कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here