एशियन कप यु-२० छनाैट खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाई

36
काठमाडाैं । भुटानमा यही श्रावण २१ गतेदेखि २५ गतेसम्म हुने   महिला एशियन कप यु २० छनाैट खेल्न प्रस्थान गर्ने नेपाली राष्ट्रिय यू -२० महिला फुटबल टोलीलाई बुधबार अखिल नेपाल फुटबल संघले दशरथ रंगशालामा बिदाई गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राई, केन्द्रीय सदस्य भरत बुढ थापा र अनिल मल्ल लगायतले टिमलाई बिदाई गर्नुभएको थियो।
बिदाई कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले टिमलाई सफलताको शुभकामना दिनुभएको थियो।
प्रतियोगिताको समूह ‘ए’मा नेपाल भुटान साउदी अरेबिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here