बूढानीलकण्ठमा बन्दै गरेको घरमा एक व्यक्ति मृत फेला

30

काठमाडौं । बूढानीलकण्ठमा बन्दै गरेको घरको मूल ढोकामा एक व्यक्ति मृत भेटिएका छन् ।

बूढानीलकण्ठ नगरपालिका–१३ मा निमार्णाधीन घरको मेन ढोका अगाडि एक व्यक्ति बुधबार मृत अवस्थामा भेटिएका हुन् ।

मृत भेटिनेमा खोटाङ घर भएका ५० वर्षीय राजकुमार राई रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

मृत भेटिएको राईको शव पोस्टमार्टमका लागि पठाएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here