सुनको भाउ आज बढ्यो

27

काठमाडाैं ।  सुनको भाउ आज एकैदिन तोलामा तीन हजार चार सय रुपैयाँ बढेको छ ।

सुन आज तीन हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९३ हजार एक सय रुपैयाँ थियो ।

यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको भाउ १५ रुपैयाँले बढेर तोलाको दुई हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको दुई हजार दुई सय ३५ रुपैयाँ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here