लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

13

 

स्याङ्जा । लागूऔषध मुद्दाका फरार प्रतिवादी आँधीखोला गाउँपालिका-४ बस्ने ४८ वर्षीय रामचन्द्र पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत कास्कीबाट २०५९ वैशाख २३ गतेको फैसलाले लागूऔषध मुद्दामा १० महिना १८ दिन कैद तथा  ५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत स्याङ्जामा उपस्थित गराइएको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here