हेटाैंडा । हेटाैंडा-काठमाडौं जाेड्ने छोटो सडक पहिरोका कारण अवरुद्ध भएको छ ।
पहिरोका कारण हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-काठमाडौं सडक खण्ड अवरुद्ध बनेको हो ।
आइतबार दिउँसाे ४ बजे मकवानपुरकाे उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिका-४ महालक्ष्मी खोलामा पहिराे खसेपछि सडक अवरुद्ध भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
पहिराे पन्छाएर बाटो खुलाउने कार्य भइरहेकाे उनको भनाइ छ ।