काठमाडौं । लाओसबाट हवाईमार्ग हुँदै नेपाल ल्याइएको करिब ८ किलो सेतो हेरोइनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय फिरोज अहमल र भारतकै ३२ वर्षीय मौलिस्वरन नजुदामुर्ती कुर्नाल भेल नाम गरेका व्यक्ति छन् ।
यसको भोलिपल्ट लाओसबाटै बैंकक हुँदै आएका भेललाई पनि अराइभल एरियाबाट ३ किलो ८ सय ग्राम सेता हेराइनसहित पक्राउ गरिएको ब्यूरोका एसएसपी कृष्ण कोइरालाले जनाए ।


















