काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले नीति नियमहरू आधुनिक पुस्तालाई लक्षित गरेर बनाउनुपर्ने जनाएका छन्।
मंगलवार पार्टीको युवा विभागले ललितपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन्।
उनले अघिल्लो पुस्ताको लागि नभइ अब बन्ने नीतिहरू आधुनिक पुस्ताको लागि हुनुपर्ने जनाए। उनले संघीयता र संविधानको कार्यान्वयनका लागि आगामी पुस्तालाई हेरेर बौद्धिक नक्सा कोर्नुपर्ने जनाए।
राजनीतिक वृत्तमा पनि अब युवा पुस्ता अपरिहार्य भएको उल्लेख गरे। रास्वपा संसदमा प्रवेश गरेसँगै सदन अहिले सुन्न, हेर्न लायक भएको पनि बताए।कार्यवाहक सभापति अर्यालले राजनीतिमा लाग्नुपर्छ भन्नेकुरा आफ्ना ब्रह्मले भनेपछि मात्रै रास्वपामा प्रवेश गर्न आग्रह गरे।

















