नेपालबाट थप दुई सय मेगावाट बिजुली भारत निर्यात

28

काठमाडौं । नेपालबाट थप दुई सय मेगावाट बिजुली भारत निर्यात भएको छ । भारत सरकारले नेपालका विभिन्न पाँच जलविद्युत् आयोजनाबाट उत्पादन भएको थप दुई सय मेगावाट विद्युत् खरिदका लागि सहमति प्रदान गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यसअघि अनुमति प्राप्त ८१०.९ मेगावाट र थपिएको २०० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०१०.९ मेगावाट पुगेको छ ।
बंगलादेश निर्यातको ४० मेगावाटसहित नेपालको कुल निर्यात स्वीकृति १०५०.९ मेगावाट पुगेको छ । नेपालले थप दुई सय मेगावाट यही साउन २६ गतेदेखि कात्तिक १४ गतेसम्मलाई भारत निर्यातको स्वीकृति पाएको हो । यसअन्तर्गत लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठूलो खोला, सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादन भएको विद्युत् पर्छ ।
आर्थिक वर्ष २०८१/०८२ मा १७ अर्ब ४७ करोड रुपैयाँबराबरको विद्युत् निर्यात भएको थियो । भारत सरकारबाट प्राप्त भएको थप निर्यात अनुमति र आगामी दिनमा थप प्राप्त हुने स्वीकृतिले चालु आर्थिक वर्ष निर्यात दोब्बर हुने अनुमान प्राधिकरणको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here