काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज पनि दोहोरो अंकले घटेर बन्द भएको छ। सोमबारदेखि निरन्तर ओरालो लागेको सेयर बजार आज पनि जारी रह्यो। नेप्से परिसूचक लगातार ओरालो लागेपछि कारोबार रकम पनि घट्दै गएको छ। आइतबार सार्वजनिक विदा परेकाले कारोबार भएन। सोमबार १० अर्ब २१ करोडको सेयर कारोबार भएकोमा मंगलबार ६ अर्ब ९१ करोडमा सीमित रह्यो।
अघिल्लो दिन मंगलबार २६.२२ अंकले घटेको नेप्से परिसूचक यसदिन १०.५० अंकले घटेर २७८५.७४ विन्दुमा अडिएको छ।
युनाइटेड मोदी हाइड्रोपावरले २७ करोडको सेयर कारोबार गर्दा शिवम् सिमेन्टले २४ करोड,एनआरएनले १९ करोड र नेपाल रिइन्स्योरेन्सले १८ करोड मूल्य बराबरको सेयर कारोबार गरे।
कारोबारमा आएकामध्ये १५९ वटा स्टक्सको मूल्य बढ्दा ८९ वटाको घट्यो। एक स्टकको मूल्य भने स्थिर रह्यो। चार समूहको उपसूचक बढ्दा अन्यको घट्यो। डेभलपमेन्ट बैंक,फाइनान्स,म्युचुअल फण्ड र अदर्श समूहको उपसूचक सकारात्मक देखिदा अन्य समूहको उपसूचक नकारात्मक देखिए।


















