आर्यघाटमा शवबाट हड्डी खरिद गरेको आरोपमा पक्राउ

18

काठमाडौं । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट चोरी भएको हड्डी खरिद गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी घर भएर कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीको बलानबिहुल गाउँपालिका घर भएर गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव छन् ।

 आरोपीहरूलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जनाए ।

यसअघि गत साउन २३ मा चितामा जल्दै गरेको अवस्थामा शवबाट हड्डी निकालेर बेच्ने गणेश प्रसाद ढलका र उनका सहयोगी विनायक मैनाली पक्राउ परेका थिए ।

काभ्रेको बनेपा नगरपालिका–९ का राम शाहीको शव जलाउने क्रममा उनीहरूले हड्डी निकालेको आरोप छ ।  प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले ५ सयमा अर्का एक जनालाई सो हड्डी बेचेको खुलेको छ ।

ढकाल २५ वर्षदेखि पशुपतिमा शव जलाउने काम गर्दै आएका थिए । एउटा शव जलाएबापत उनले पशुपति विकाश कोषसँग १५ सय रुपैयाँ लिन्छन् ।

प्रहरीले ठाकुरले प्लास्टिकमा पोको बनाएर राखेको अवस्थामा हड्डीको धुलो र खरानी बरामद गरेको छ । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here