सशस्त्र प्रहरी नायव निरीक्षक रमेश थापा सम्मानित

30

काठमाडौं । अनलाइनखबरले सार्वजनिक गरेको ‘४० मुनिका ४० युवा २०८२’ मा परेका सशस्त्र प्रहरी बल, नेपालका गोताखोर सशस्त्र प्रहरी नायव निरीक्षक रमेश थापालाई सशस्त्र प्रहरी प्रधान कार्यालयमा सम्मान गरिएको छ।

बिहीबार प्रधान कार्यालय हलचोकमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आईजी एपीएफ कमेण्डेसनबाट गोताखोर सई थापालाई सम्मान गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाए ।

नायब निरीक्षक थापाको साहासिक कार्यले संगठनको गरिमा बढाएको र संगठनमा कार्यरत सबैका लागि उदाहरणीय भएको आईजी अर्यालले जनाए ।

आगामी दिनमा पनि आमजनताको उद्धारमा जोश र जाँगरका साथ लाग्न उक्त सम्मानले थप हौसला मिलेको सई थापाले जनाए ।

थापाले भने, ‘यो सम्मानले आमजनताको उद्धारमा जोश र जाँगरका साथ काम गर्न थप हौसला बढेको छ ।’

गोताखोर सशस्त्र प्रहरी नायब निरीक्षक थापा विगत १५ बर्षदेखि साहसिक उद्धार कार्यमा संलग्न रहेको सहप्रवक्ता डिएसपी थापाले बताए । उनीसँग हिमालदेखि तराइसम्मका पानी मुनि गएर उद्धार गरेका प्रशस्त उदाहरण छन् ।

गत वर्ष धादिङको सिमलतालमा दुईवटा बस बेपत्ता हुँदा पनि उनकै कमाण्डमा उद्धारका लागि गोताखोर परिचालन भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here