हतारमा कुनै पनि विधेयक अघि बढाइन नहुने : सांसद कार्की

20
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले हतारमा कुनै पनि विधेयक अघि बढाइनु नहुने जनाएकी छन्। सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो जनाएकी हुन्।

उनले हतारमा काम गर्दा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले राजीनामा दिएको  स्मरण गर्दै कुनै काम हतारमा गरेर पछुताउनु नहुने जनाइन्।

विधेयकहरू राम्रोसँग बुझेर मात्रै अघि बढाउनुपर्ने उनको धारणा छ। हतारमा काम गर्दा संसदका सबै सांसदहरू बेकुफ भएको घटना ताजै रहेको उनको धारणा छ।  उनले भनिन्, ‘म त्यति इन्टेलिजेन्स नभएर होला, तुरून्तै अहिले ह्वारर पढेको आधारमा फिडब्याक दिन सक्दिनँ। हालैको अनुभव पनि छ। हतारको काममा लतार भएर एक जना सभापतिज्यूले राजीनामा दिनुपर्‍यो। त्यसैले हामीले धेरै सोच्नुपर्छ। त्यत्रो सदनमा हामी सबै सांसदहरू त बेकुफ नै भयौं नि त। सबैले थपडी मारेर पास गर्‍यौँ, तर त्यसको नतिजा के आयो बुझेकै छौँ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here