श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

26

काठमाडाैं । भगवान् श्रीकृष्णको जन्मजयन्तीको उपलक्ष्यमा आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै छ। यस अवसरमा भक्तजनहरूले बिहानैदेखि देशभरका कृष्ण मन्दिरहरूमा पूजा–आराधना गरिरहेका छन्।

पर्वको मुख्य आकर्षण मानिने ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा पूजा गर्नेहरूको लामो लाइन लागेको छ। हरेक वर्ष यो मन्दिरमा विशेष भीड लाग्ने गर्दछ।

विश्‍वभरिका हिन्दु धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी यस पर्वलाई श्रद्धा र भक्तिपूर्वक मनाउने गर्छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here