उपसभामुखलाई हटाउने कामको विरोध

19

काठमाडौं । नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने कामको विरोध जनाएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुखका बारेमा बारम्बार चर्चा गरेर आक्रमण र आतङ्कित बनाउने काम भएको भन्दै विरोध जनाएका हुन् ।

सामाजिक काममा सक्रिय एउटा जनजाति महिलामाथि यसरी आतङ्कित पार्ने र उनको मानमर्दन गरेर सदनलाई कमजोर पार्ने काम नगर्न उनले ध्यानाकर्षण गराए ।

त्यस्तै पाण्डेले राज्य व्यवस्था समिति सभापतिको निर्वाचन अविलम्ब गरी समितिको कामलाई अगाडि बढाउन माग गरे ।

उनले निजामती कर्मचारी विधेयकमाथि भएको छेडखानी छानविन गर्न गठित विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न समेत माग गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here