सत्तारुढ दलको तयारीलाई रास्वपाले जनस्तरबाटै खबरदारी

23

काठमाडाैं । संसदका उपसभामुख इन्दिरा रानामगरलाई बर्खास्त गर्ने सत्तारुढ दलको तयारीलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जनस्तरबाटै खबरदारी थालेको छ।मंगलबार सत्ता गठबन्धनका काँग्रेस एमाले सांसदहरुले उपसभामुख हटाउन भन्दै संसदमा प्रस्ताव पेश गर्न संसदहरुको हस्ताक्षर सङ्कलन गरेको थियो ।
त्यस लगत्तै बसेको विपक्षी दलको बैठकले उपसभामुख प्रकरण संवैधानिक नियुक्तिमा स्वेच्छाचारी गर्न, एकात्मक र तानाशाहीपूर्ण सत्ता सञ्चालनको लागि उचालिएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

यद्यपि सत्तारुढ दलकै सांसदहरुको विरोधका कारण उपसभामुखमाथि कारबाहीको प्रक्रिया अघि बढ्न सकेन । रास्वपाबाट उपसभामुख बेनेकी रानालाई गत वर्ष भदौमा पनि कांग्रेस एमालेको गठबन्धनले हटाउने तयारी गरेका थिए ।

मंगलबार फेरि एकाएक सत्ता गठबन्धन उपसभामुख राना विरुद्ध उत्रिएपछि रास्वपा कार्यकर्ता स्तरमै प्रतिवादमा उत्रिएको छ। मंगलबार साँझदेखि रास्वपाका कार्यकर्ताहरूले रवि लामिछानेको हत्कडी लगाएको स्केचमा उपसभामुख इन्दिरा रानामगरलाई हटाउने रे ? ‘कतिसम्म गरौँला ? ८४ मा हेरौँला ! ’ भन्दै पोष्टर सेयर गरेर सरकार र गठबन्धनलाई खबरदारी गरिरहेका छन् ।

सुरुमा रास्वपा केन्द्रिय सदस्य एवम् पार्टी सभापति रवि लामिछाने विरुद्धको हस्ताक्षर अभियानका संयोजक  दीपक बोहोराले सार्वजनिक गरेको उक्त पोष्टरमा रास्वपाका नेता कार्यकर्ताहरूले सरकारलाई खबरदारी गरिरहेका हुुन् ।

उनीहरूले सभापति रवि लामिछानेको प्रतिसोधपूर्ण थुना र उपसभामुख प्रकरण प्रतिशोधको नमूना भएको भन्दै सरकार विरुद्ध आक्रोशित देखिएका छन् ।

सभापति रवि र उपसभामुख इन्दिरा प्रकरण जनतालाई एकै तस्विरबाट बुझाउन पार्टीको घोषित भन्दा पनि कार्यकर्तास्तरबाटै यस्तो प्रतिकारपूर्ण अभियान चलेको सो पार्टीका एक पदाधिकारीले सिधाकुरालाई बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here