३१ लाख ८० हजार वर्ष पुराना हड्डीका टुक्राहरू प्रदर्शनीमा

24
(FILES) The 3.2 million year old fossilized remains of "Lucy", the most complete example of the hominid Australopithecus afarensis, is displayed at the Houston Museum of Natural Science, August 28, 2007 in Houston, Texas. The 3.18-million-year-old bone fragments of human ancestor Lucy, which rarely leave Ethiopia, are going on the first-ever display in Europe at the Czech National Museum in Prague on Monday. (Photo by Dave Einsel / GETTY IMAGES NORTH AMERICA / AFP)

एजेन्सी । मानव पुर्खा लुसीका ३१ लाख ८० हजार वर्ष पुराना हड्डीका टुक्राहरू सोमबारदेखि प्रागको चेक राष्ट्रिय सङ्ग्रहालयमा पहिलोपटक युरोपमा प्रदर्शनीमा राखिने भएका छन्।

यी हड्डीका टुक्राहरू विरलै इथियोपियाबाहिर लैजाने गरिन्छन्।

अस्ट्रेलोपिथेकस अफारेन्सिस प्रजातिका यी प्राचीन अवशेषहरू सन् १९७४ मा इथियोपियामा फेला परेका थिए। त्यो खोज त्यतिबेला अहिलेसम्मकै सबैभन्दा पूर्ण जीवाश्म थियो र यसले मानव पुर्खासम्बन्धी बुझाइमा क्रान्ति ल्याएको छ।

लुसीका अवशेषसँगै सेलाम नाम दिइएको अर्को जीवाश्म पनि प्रस्तुत गरिनेछ। सेलाम लुसीभन्दा झण्डै एक लाख वर्ष पहिले बाँचेको दुई वर्ष सात महिनाको बच्चा अस्ट्रेलोपिथेकस हो। यसको जीवाश्म लुसी फेला परेको २५ वर्षपछि सोही क्षेत्रमा पाइएको हो।

लुसी पत्ता लगाउने डोनाल्ड जोहानसन र सेलाम पत्ता लगाउने जेरिसेने अलेम्सेगेड दुवै प्रागमा हुने उद्घाटन कार्यक्रममा सहभागी हुनुहुनेछ।

“सेलामलाई अहिलेसम्म कहिल्यै इथियोपियाबाहिर प्रदर्शन गरिएको छैन र लुसीलाई केवल एक पटक मात्र संयुक्त राज्य अमेरिकामा देखाइएको थियो”, राष्ट्रिय सङ्ग्रहालयका निर्देशक माइकल लुकेसले भने।

अगस्ट १५ मा अवशेषहरू प्राग आइपुगेपछि उनले यसलाई ‘विश्वकै सबैभन्दा बहुमूल्य र प्राचीन पुरातात्त्विक प्रदर्शनीमध्ये एक’ भनेर वर्णन गरे।

आदीस अबाबामा रहेको इथियोपियाको राष्ट्रिय सङ्ग्रहालयले उधारो दिएको ५२ टुक्रा अवशेषहरू ‘मानव उत्पत्ति र जीवाश्म’ प्रदर्शनीअन्तर्गत ६० दिनका लागि प्रदर्शनीमा राखिनेछन्।

इथियोपियाली हेरिटेज अथोरिटीका निर्देशक अबेबाव अयाल्यु गेल्लाले यो प्रदर्शनीले ‘इथियोपियालाई मानव मूलको भूमिका रूपमा प्रवर्द्धन गर्ने’ बताए।

उनले भने, “लुसीले मानव पुर्खाको अध्ययनमा क्रान्ति ल्यायो—पहिलो त यसको पूर्णताका कारण र दोस्रो यसको उमेरका कारण। सेलाम आफ्नो युगकै लागि अद्वितीय जीवाश्म हो… यो दुई वर्ष सात महिनाको उमेरमा मरेको बालकको जीवाश्म हो।”

– बिटल्सबाट प्रेरित नाम –

हाल लुसीका जीवाश्म अवशेषमा दन्त टुक्रा, खोपडीका भाग, नितम्बको भाग र तिघ्राको हाडका अंश समावेश छन्।

एक दशमलव एक मिटर अग्लो (३ फिट ७ इन्च) र २९ किलोग्राम (६४ पाउन्ड) तौलकी लुसीको कङ्काल अन्तिमपटक इथियोपियाबाहिर सन् २००७ देखि २०१३ सम्म अमेरिकी सङ्ग्रहालयहरूको भ्रमणमा देखाइएको थियो।

उनी पत्ता लाग्दा टोलीले द बिटल्सको ‘लुसी इन द स्काई विथ डायमन्ड्स’ गीत सुनेका कारण उनको नाम लुसी राखिएको हो।

लुसी दुई खुट्टामा हिँड्थिन् र ११ देखि १३ वर्षको उमेरमा मृत्यु भएको अनुमान गरिन्छ। यो उमेरमा यो प्रजातिका लागि वयस्क मानिन्थ्यो।

पहिले लामो समयसम्म सबैभन्दा पुरानो मानव पुर्खा मानिएकी लुसीलाई सन् १९९४ मा फेला परेको अर्को जीवाश्मले त्यस स्थानबाट हटायो। त्यो थियो अर्डी—अर्डिपिथेकस रामिडस प्रजातिकी महिला। यिनले करिब ४५ लाख वर्षअघि इथियोपियामा जीवन बिताएकी थिइन्।

सन् २००१ मा चाडमा ‘तौमाई’ नाम दिइएको ६÷७ लाख वर्ष पुरानो खोपडी फेला पर्‍यो, जसले मानव परिवार अझ पुरानो हुनसक्ने सङ्केत दियो।

सन् २०१६ को एक अध्ययनले लुसीको माथिल्लो हात असामान्य रूपमा बलियो भएको देखायो। अध्ययनले उनी नियमित रूपमा रूख चढ्ने र रातमा हाँगामा गुँड बनाएर बस्ने गर्थिन् भन्ने सुझाव दियो।

तर उनको खुट्टा भने कमजोर थिए, जसले उक्लनमा खासै भूमिका खेल्दैन र हिँड्नमा पनि प्रभावकारी थिएन भन्ने नतिजा आयो।

त्यसैगरी, उनको एउटा हड्डीमा भेटिएको फ्र्याक्चरको अध्ययनले लुसी सम्भवतः अग्लो रूखबाट खस्दा मृत्यु भएको थियो भन्ने सङ्केत दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here