भारत प्रवेश गर्ने भुटानी र नेपाली नागरिकलाई राहदानी नचाहिने

9

काठमाडौं । भारतको केन्द्र सरकारले भारत प्रवेश गर्ने भुटानी र नेपाली नागरिकलाई भिसा वा राहदानी नचाहिने प्रष्ट पारेको छ । नयाँ निर्देशन जारी गर्दै केन्द्र सरकारले हवाइ वा स्थलमार्गबाट भारत प्रवेश गर्ने नेपाली वा भुटानी नागरिकलाई राहदानी वा भिसा नचाहिने प्रष्ट्याएको हो ।

यद्यपि भारत प्रवेश गर्ने नेपाली र भुटानी नागरिकले आफ्नो देशको राहदानी वा नागरिकता प्रमाणपत्र वा मतदाता परिचयपत्र वा आवश्यक परेको खण्डमा भारतस्थित आफ्नो देशको नियोगमा काम गरेको फोटो परिचयपत्र वा १० देखि १८ वर्षका बालबालिकाको हकमा विद्यालयका प्राध्यापकले जारी गरेको परिचयपत्र देखाउनु आवश्यक रहेको जनाइएको छ ।

त्यसबाहेक सीधै आफ्नो देशबाहेक तेस्रो देशबाट भारत प्रवेश गर्ने नेपाली र भुटानी नागरिकले अनिवार्य राहदानी बोक्नुपर्ने नयाँ नियममा प्रष्ट्याइएको छ । नयाँ नियम भारतमा बसोबास गरिरहेका तिब्बती नागरिकको हकमा पनि लागू हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here